|

बैतडी : बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गरेका हुन्।

भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गरे। प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार चार सय ६० मत खसेकामा चार हजार नौ सय ६२ मत बदर भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

भण्डारी यो सहित तेस्रो पटक विजयी भएका हुन्। यसअघि उनी २०७० र २०७४ सालको निर्वाचनमा विजयी भएका थिए। भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत हुन्।

यसैबीच प्रदेशसभा (१) मा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन्। पालले १२ हजार आठ ३१ तथा भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। नेपाली कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याए।

प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट विजयी भए। उनले एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। कांग्रेसका भट्टले १७ हजार एक सय ५३ तथा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गरे। जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ जनाले मतदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.