|

काठमाडौं :  सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।

खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका हुन्। खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे। विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.