काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको विशेष पर्व विवाह पञ्चमीका अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन विवाह पञ्चमीले सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
‘विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकता सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्न तथा सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, उनको शुभकामना सन्देशमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।