|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

३१औँ अन्तर्राष्ट्रिय अपांगता दिवसमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका लगायत नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको बताएका छन् ।

उनले अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारीसमेत दिएका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ मा अपांगता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। नेपालमा पनि शनिवार विभिन्न स्थानमा कार्यक्रम गरी यो दिवस मनाइँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.