|

विश्वकप फुटबलमा आजबाट प्री-क्वार्टर फाइनलमा खेलहरु सुरु हुँदै छन्। दिनको पहिलो खेलमा राति ९:४५ मा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दा दुवैको लक्ष्य क्वार्टर फाइनल प्रवेश गर्ने हुनेछ।

२०१४ पछि विश्वकपमा छानिएको नेदरल्यान्ड्स आफ्नो पुरानो दाबेदारी छवि फर्काउन मैदान उत्रिँदा अमेरिका भने अन्डर डगको छवि बनाउन चाहन्छ।

समूह चरणमा दुवै टिम अपराजित रहेकाले पनि यो खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ। नेदरल्यान्डले समूह चरणमा सेनेगल र कतारलाई हराउँदा इक्वेडरसँग बराबरी खेल्दै ७ अंकका साथ समूह ए को विजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो।

अमेरिका भने समूह बी को उपविजेता बन्दा उसले पनि अपराजित यात्रालाई जारी राखेको थियो। अमेरिकाले इंग्ल्यान्ड र वेल्सलाई बराबरीमा रोक्दा इरानलाई हराएर नकआउटमा स्थान सुरक्षित गर्‍यो। त्यसैले अमेरिका युरोपियन टिमविरुद्ध जित्न नसकेको विगत परिवर्तन गर्न आज मैदानमा उत्रनेछ।

अमेरिकाले बलिया युरोपियन देशलाई बराबरीमा रोक्दै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेकाले स्वाभाविक रुपमा बलियो आत्मविश्वासका साथमा मैदानमा हुनेछ। नेदरल्यान्ड्स र अमेरिका बीचको खेल खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा राति ८:४५ मा सुरु हुनेछ।

नेदरल्यान्ड्सले पछिल्लो समय खेलेका राउण्ड अफ १६ का ५ खेल मध्ये ४ खेलमा जित निकालेर क्वार्टर फाइनल प्रवेश गरेकाले पनि बलियो विगत दोहोर्‍याउनु उसका लागि चुनौतीसँगै अवसरसमेत रहेको छ।

अमेरिका नेदरल्यान्ड्सलाई हराएर नयाँ इतिहास बनाउने लक्ष्यमा रहेको छ। उसले नकआउटमा अहिलेसम्म युरोपियन प्रतिद्वन्दीविरुद्ध जित निकाल्न सकेको छैन। त्यसैले योपटक नयाँ मानक बनाउन पनि पुरा शक्ति खालिफा अन्तर्राष्ट्रिय मैदानमा लगाउनेछ।

समग्रमा नेदरल्यान्ड्स र अमेरिकाबीच अहिलेसम्म पाँच प्रतिस्पर्धा भएको छ। जसमा डच टोलीले चार खेलमा जित निकाल्दा अमेरिका एक खेलमा मात्र विजयी भएको छ। त्यसैले अमेरिका दोस्रो जित सहित विश्वकपको पहिलोपटक क्वार्टर फाइनल यात्रा तय गर्ने प्रयासमा मैदानमा उत्रिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.