'ठूला भ्रष्टाचारीलाई पाँच वर्षभित्र जेल हाल्छौँ'

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिसभाको पहिलो बैठकबाटै अमेरिकी सहयोग परियोजना (एमसिसी) विरुद्ध आवाज उठाउने बताएका छन्। 

शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बोल्दै नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकबाट एमसिसीविरुद्ध आवाज उठाउने बताएका हुन्। 

‘सदनको पहिलो बैठकमा एसमीसीविरुद्ध आवाज उठ्छ। वाइडवडी, एनसेल, मेलम्चीलगायतका ठूलाठूला काण्डविरुद्ध सदनबाट आवाज उठ्छ। देशलाई भ्रष्टाचारमुक्त बनाउन लडाइँ हुनेछ। हाम्रो लडाइँ शिक्षा रोजगारी सिर्जना गर्न हुनेछ। विदेशमा काम गर्न बाध्य छों। त्यसका लागि कस्तो नीति कानुन बनाउने, र नेपालमा कस्तो किसिमको आर्थिक नीति आवश्यक हुन्छ। जसले रोजगारी सिर्जना गर्ने र कार्यकर्तालाई उत्पादन नै नगर्ने किसिमको कानुन बनाउने छौं,’ उनले भने।  

उनले अहिलेको कानुनले भ्रष्टाचार नियन्त्रण नभएको उल्लेख गर्दै ठूलठूला काण्ड मच्चाउनेलाई पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.