|

काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। 

विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। 

बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.