|

काठमाडौं :  विश्वकपमा आज क्वाटरफाइनल प्रवेशका लागि दुई खेल हुँदै छन्। 

पहिलो खेलमा अल थुमाम स्डेडियममा पोल्याण्ड र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ। यी दुइबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुने छ। 

साविक विजेता फ्रान्स र पोल्यान्ड पनि आजको खेलमा सजह जित निकालेर आफूलाई बलियो बनाउँदै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछ। आजै हुने दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

इंग्लीस टिम अफ्रिकी मुलुकविरुद्ध २० खेल खेल्दा अपराजित छ। सेनेगलसँग भने अहिलेसम्म कुनै पनि प्रतिस्पर्धा भएको छैन। तर अफ्रिकन च्याम्पियन सेनेगलमा इंग्लीस खेलाडीसँग खेलेको अनुभव छ।

सेनेगलसँग प्रतिस्पर्धा गर्न सहज नहुने इंग्लीस कप्तान हेरि केनले बताएका छन्। केनले जारी प्रतियोगितामा गोल गर्न सकेका छैनन्। 

उनले यसअघि २०१८ मा समूह चरणमा नै आफ्नो ६ मध्ये पाँच गोल गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.