|

ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।

गएराति भएको क्वार्टर फाइनलमा क्रोएसियासँग पराजित भएसँगै टिटेले राजीनामा दिएका हुन्।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो।

६१ वर्षीय टिटे २०१६ मा ब्राजिलको फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.