|

दाङ :   तुलसीपुरमा ( आज) आइतबारदेखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय महोत्सवको विरोधमा व्यवसायीहरू हातमा कालो झण्डा बोकेर विरोधमा उत्रिएका छन्।

 गएको मंसिर १५ गते लाग्ने भनिएको मेला व्यवसायीहरूको विरोधका कारण केही दिन स्थगित भइ पुनः आजदेखि सञ्चालन हुँदैछ। मेलाको विरोध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ, मेला आयोजक युथ्स अफ तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालगायतको सर्वपक्षिय बैठकले मेला सञ्चालनका लागि ४ बुँदे सहमति बनेको थियो।

तर, सहमति विपरीत मेलामा सामान राखिएको भन्दै व्यवसायी विरोधमा उत्रिएका हुन्। मेलामा फेन्सी, जुत्ता, इलेक्ट्रिक सामान राख्न नपाइने सहमति बनेकोमा त्यो निर्णय कार्यान्वयन नभएको भन्दै व्यवसायीहरू हात हातमा कालो झण्डा बोकेर तुलसीपुरमा निस्किए हुन्।

आन्दोलनरत व्यवसायीहरू विरोध गर्दै अहिले तुलसीपुर उपमहानगरपालिकाको गेटमा धर्ना दिइरहेका छन्। यता मेला आयोजकले भने झाँकी जुलुससहित मेलाको उद्घाटन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.