|

बैतडी : बैतडीमा आजदेखि तेजबहादुर चन्द स्मृति अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ।

म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका-५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा आज अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो।

आज ३ वटा खेल भएका छन्। आयोजक र सुर्नयाबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ। दशरनचन्द नगरपालिका र पुर्चोडी नगरपालिकाबीच भएको दोस्रो खेल दशरथचन्द नगरपालिकाले जितेको छ।

त्यसैगरी पञ्चेश्वर र सिगासबीच भएको आजको अन्तिम  तथा तेस्रो खेल सिगासले जितेको छ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहको छ। बैतडीको दोगडाकेदार गाउँपालिका बाहेकका ९ वटै पालिकाले सहभागिता जनाएका छन् भने एक टिम आयोजकको हुनेछ।

प्रतियोगिताको पहिलो पुरस्कार १ लाख २५ हजार रूपैयाँ नगदसहित ट्रफी, दोस्रो पुरस्कार ७५ हजार नगदसहित ट्रफी  प्रदान गरिनेछ।

त्यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने तेजबहादुर चन्द स्मृति प्रतिष्ठानका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.