|

धादिङ : धादिङ महोत्सवमा सल्यानटार क्षेत्रमा उत्पादन भएको अर्गानिक सामग्रीहरू किनबेच गर्ने अवसर बनेको छ।

महोत्सवका क्रममा यहाँ आउनेहरूले यस क्षेत्रको उत्पादित अर्गानिक मास, तिल, बेसार र घैया धानको चामल किन्न पाउने भएका हुन्।

ग्राहकको सुविधाका लागि 'हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी'ले सल्यानटारले महोत्सवमा स्टल बुकिङ गरेको छ। सल्यानटार क्षेत्रको अर्गानिक उत्पादनलाई बजारीकरणमा सहयोग पुगोस् भन्ने  उद्देश्यले महोत्सवमा पनि स्टल राखिएको सल्यानटारबाट सुबराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सल्यानटारको उत्पादनलाई त्रिपुरासुन्दरी गाउँपालिका-२ को सहयोगमा बजार प्रवर्द्धन गर्न लागिएको हो।

सहकारीले गाउँको उत्पादनलाई प्रोत्साहन गरौँ,अर्गानिक प्रयोग गरी जीवन स्वस्थ्य बनाऔँ भन्ने नाराका साथ सल्यानटारलगायत जिल्लाकै उत्पादनलाई बजारीकरण गर्दैछ।

पछिल्लो समय अर्गानिक सामग्रीहरूको उत्पादन घटिरहेका बेला बजारमा भने आम उपभोक्ताहरूले यसप्रति चाहना बढाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.