|

काठमाडौं : चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। 

गएराति भरतपुर महानगरपालिका –२८ की ७० वर्षीया भागीरथी सुवेदीको  जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

गएराति आँगनमा आगो तापिरहेका बेला हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.