|

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। 

संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। 

मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। 

उम्मेदवारमाथि दाबी विरोधका लागि मंगलबार नै बिहान ११ देखि साढे ११ बजेसम्मको समय दिइएको छ। 

नाम फिर्ता लिनका लागि मंगलबार दिउँसो साढे १२ देखि साढे २ बजेसम्मको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली मंगलबार दिउँसो ३ बजे प्रकाशन हुनेछ। 

मतदान पुस ६ गते विहान ८ देखि १० बजेसम्म संचालन हुने समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए। प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना निर्वाचित हुँदा समानुपातिक बाट ३२ जना चुनिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.