|

काठमाडौं : म‌गलबार देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

महाशाखाले प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा हल्का वर्षाको पनि अनुमान गरिएको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ 

हाल तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ। महाशाखाका अनुसार ती ठाउँबाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ। 

महाशाखाका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.