|

काठमाडौं : नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ। संस्थापन इतर समूहबाट कांग्रेस संसदीय दलको उम्मेदवार टुंगो लगाउन बसेको शेखर–गगन समूहको बैठक बिना निष्कर्ष टुंगिएको हो। 

शेखर कोइराला र गगन थापा ‘वान टु वान’ बैठक बसेर संसदीय दलको नेता टुंगो लगाउने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 

यस्तै संस्थापन इतरसमूहका सांसद सञ्जय गौतमले पनि दुई जना नेता बसेर सहमति गर्ने जानकारी दिए। 

‘छलफलमा सकारात्मक नै छ। उहाँहरू छुट्टाछुट्टै बसेर टुंगो लगाउनुहुनेछ। हाम्रो पक्षबाट एक जना दलको नेता हुनुहुनेछ,’ उनले थाहा खबरसँग भने। 

दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको थियो। शेखरले आफ्नो अन्तिम कार्यकाल रहेकाले यसपटक संसदीय दलको नेताका रूपमा समर्थन गर्न गगनलाई आग्रह गर्दै आइरहेका छन्।

तर, महामन्त्री थापाले आफू युवा भएको र निर्वाचन अगाडि नै संसदीय दलको नेताका रूपमा चुनाव लड्ने घोषणा गरिसकेको दाबी गरेका छन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रूपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ। तर, पार्टीभित्र देउवाको बहुमत छ।  बैठकमा उपसभापति धनराज गुरूङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.