|

दाङ : घोराही तुलसीपुर सडकखण्डमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। मोटरसाइकल चालक  युवक घाइते भएका छन्।

मृतक युवतीको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दंगीशरण गाउँपालिका  ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी  राजनकुमार गौतमकाअनुसार शुक्रबार अपराह्न करिब साढे ४ बजेतिर बसले मोटरसाइललाई ठक्कर दिएको हो।

घोराही उपमहानगरपालिका १६ सर्रामा तुलसीपुरबाट घोराही  आउँदै गरेको  रा १ ख २३७५ नम्बरको बसले   विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

घाइते खड्काको उपचार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ​भइरहेको छ। ठक्कर दिने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रjक्ता गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.