|

देउखुरी : लुम्बिनी प्रदेश सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गरी कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाएको छ। ‘अब प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’, सूचनामा उल्लेख छ। प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन्। 

दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ। पाँच करोड २० लाख रुपैयाँ लागतमा प्रदेशसभा भवन तयार भइसकेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.