|

विराटनगर : नेकपा एमाले नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा एमाले नेतृत्वको सरकार बनाउने प्रक्रिया आजै शुरु हुने बताएका छन्। आज (आइतबार) एमाले संसदीय दलको बैठकले कार्कीलाई सर्वसम्मत दलको नेतामा चयन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले यस्तो बताएका हुन्।

एमाले बैठकले दलको नेता चयनसँगै पाँच सदस्यीय कार्यदलसमेत बनाएको जानकारी दिँदै उनले विभिन्न दलहरूसँग कुराकानी गर्ने र त्यसको माध्यमबाट प्रदेशसभामा आफ्नो दलको प्रस्तुति राम्रो बनाउने बताए। उनले प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनाएर अगाडि बढने दाबी गर्दै आफ्नो नेतृत्वमा लिलाबल्लभ अधिकारी, रेवतीरमण भण्डारी, तिलकुमार मेन्याङवो‚ सृजना राईसहितको कार्यदल बनेको बताए।

‘मेरो नेतृत्वमा बनेको कार्यदलले आजै वार्ता आरम्भ गर्ने  विश्वास छ,’ उनले भने, ‘निर्वाचनमा सहकार्य गरेका दल जसपा र राप्रपा गरी स्पष्ट बहुमत छ र राष्ट्रिय राजनीतिको घटना पनि छिनछिनमा बदलिएको हुँदा प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनाएर सुशासनको प्रत्याभूति गर्ने गरी सरकारको काम कारवाही बढाउन तयारी रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.