|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।

सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीहरूले पनि सोमबार शपथ लिनसक्ने छन्।

आज साँझ प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाका १ सय ६९ सदस्यको समर्थन रहेकाले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.