|

विराटनगर : प्रदेश १ का नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको तयारी गरिएको छ। विराटनगरस्थित प्रदेशसभा कार्यालयमा  केही समयपछि  नवनिर्वाचित सांसदहरूले सपथ लिँदैछन्।

शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई सोमबार १:३० बजेका लागि तयारी भइरहेको हो।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,  पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

आङ्बो माओवादी केन्द्रका तर्फबाट पाँचथर (ख)बाट विजयी भएका हुन्। खिनु इलाम १ (क) र जबेगु पाँचथर १(क)बाट एकीकृत समाजवादीबाट, हाङगाम ताप्लेजुङ १ (ख)बाट निर्मला लिम्बू ताप्लेजुङबाट जसपाकी समानुपातिक सांसद हुन्।

शपथ ग्रहणका लागि राष्ट्रिय पोशाक वा आफ्नो संस्कृति झल्कने पोशाक अनिवार्य गरिएको संसद् सचिवालयले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.