|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रधानमन्त्रीमा नियुक्तिपछि भारतीय सञ्चारमाध्यम एबिपी न्युजसँगको कुराकानीमा पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका हुन्।

उनले भने‚ ‘मेरो पहिलो विदेश भ्रमण भारत हुने सम्भावना छ।’

कुराकानीमा प्रचण्डले पछिल्लो भारत भ्रमण गरेको समेत स्मरण गरेका थिए। उनले नेपाल-भारत आपसमा मिलेर द्विपक्षीय सम्बन्ध अगाडि बढाउनु पर्छ भन्ने भनाई व्यक्त गरेका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएर शीतलनिवासबाट बाहिरिँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरबाट बधाई दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.