|

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन्। 

८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ। 

प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। 

‘नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आह्वान पश्चात प्रदेशसभाको बैठक बस्नुअघि प्रदेश सभामा निर्वाचित भई आउने सदस्यले अनुसूची १ को ढाँचामा प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु पर्नेछ।’ प्रदेशसभा नियमावलीमा भनिएको छ ।

अन्य प्रदेशमा भने प्रदेश प्रमुखले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.