|

काठमाडौं : रौतहटमा जिप र मोटरसाइकल एक–आसपमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक माधवनारायण नगरपालिका –२ का ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही मोटरसाइकलमा सवार माधवनारायण –२ कै  ६५ वर्षीय गौकरण यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी उमाशंकर यादवले जानकारी दिए।

हिजो साँझ गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण–३ मा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.