|

काठमाडौं : नेपालको पहिलो मोडुलर किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रालिले पुस २२ गतेदेखि फर्निचर मेला आयोजना गर्ने भएको छ।

घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरू विभिन्न डिजाइनका साथ मेलामा पाइनेछन्। काठमाडौंको कमलपोखरीमा हुने मेला पुस २४ गतेसम्म सन्चालन हुनेछ।

मेलामा काठका विभिन्न फर्निचरहरू उपभोक्ताले एकै स्थानबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रालिकी कार्यकारी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन्।

मेलामा काठका फर्निचरहरूमा आरामदायी सोफा सेट, क्लासिक बक्स पलङ, सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराजलगायतका सामग्री राखिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.