|

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।

संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।

सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको हो। मधेश प्रदेशमा जसपाका प्रत्यक्षतर्फबाट निर्वाचित ९ जना र समानुपातिक ७ जना गरी १६ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.