|

कञ्चनपुर : मन्दिरबाट घण्टी चोरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन्। दोधारा चाँदनी–२ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चोरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी अन्दाजी वर्ष १८ का आरिफ अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ।

मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमाण्डमा गएको टोलीले आरोपी भारतीय अन्सारी र अव्वासीलाई पक्राउ गरि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कबाड खरिद गर्ने निहुँमा भारतीयले स्थानीयलाई ठग्दै आएको स्थानीयको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.