|

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका तर अझै पनि संघअन्तर्गतकै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण संकलन गर्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघमातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण संघअन्तर्गतका विभाग, महाशाखासँग मागेको हो। 

संघमा समायोजन भएका तर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरणसमेत मन्त्रालयले विभाग र महाशाखासँ मागेको छ। 
सचिवस्तरीय निर्णय गरी मन्त्रालयमातहतका निकायमा पत्र पठाउँदै यथाशीघ्र विवरण पठाउन भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.