|

काठमाडौं : न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार बसेको सरकारको कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए। 

उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए। उनले न्यूनतम साझा कार्यक्रम जनताको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गरे। सदस्य ढकालले न्यूनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महसुस गराउने गरी कार्यक्रम तयार पारेको बताए। 

‘यो कार्यदलले आफ्नो प्रतिवेदन बनाएको छ र भोलि शीर्ष नेताहरूको संयन्त्रमा आफ्नो प्रतिवेदन पेश हुनेछ। जनताको डेलिभरीको पक्षमा परिवर्तनको आभास हुने गरी कुराहरू समेटिएका छन्। राम्रो न्यूनतम कार्यक्रम बनेको छ। यसलाई भोलि शीर्ष तहले स्वीकृत गरेपछि सार्वजनिक हुनेछ,’ उनले भने, ‘जनतालाई अबचाहीँ केही हुन्छ भन्ने आभास हुने खालका कार्यक्रम आएका छन्। जनतालाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउनेछन्।’

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो। अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेम्जोङ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.