|

काठमाडौं : पोखरा गोल्डकपको २२ औँ संस्करणको उपाधिका लागि शनिवार ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले हराएको थियो। बिहीबार भएको अर्को सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको थियो।

पोखरा गोल्डकपमा ६ पटक सहभागी भएको संकटाले एक पटक उपाधि उचालेको छ। संकटाले ०७७ को संस्करणमा अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो।

पहिलोपटक फाइनलमा पुगेको भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो। अघिल्लो संस्करणमा ऊ क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

यो संस्करणको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.