|

धनकुटा :  जिल्लामा गरिब घर परिवार परिचयपत्र वितरण सुरु भएको छ। नेपालको २६ जिल्लामा वितरण गर्न लागिएको परिचयपत्र धनकुटामा वितरण सुरु गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार सूचिकृतमा परेका घरपरिवारलाई परिचयपत्र वितरण सुरु भएको हो। २०७४ सालमा संकलित तथ्यांकको आधारमा परिचयपत्र वितरण सुरु भएको जिल्ला समन्वय अधिकारी सफल पोर्तेलले जानकारी दिए।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार धनकुटा जिल्लामा गरिब परिवार घरधुरीको संख्या ३ हजार ७ सय २३ रहेको छ।

मन्त्रालयले प्रकाशन गरेको गरिब परिवार सूचिकृत पुस्तिका अनुसार जिल्लाको सात स्थानीय तहमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी कुल ३ हजार ७ सय २३ घरधुरी गरिब परिवारमा सूचीकृत भएका हुन्।

सो पुस्तकका अनुसार कुल सूचिकृत घरधुरीमध्ये अति गरिब ९ सय २५, मध्यम गरिब १ हजार ४ सय ८४ र सामान्य गरिब १ हजार २ सय ६४ घरधुरी रहेका छन्।

यस्तै,  साँगुरीगढी गाउँपालिकामा सूचीकृतको संख्या ३ सय ६५ परिवार रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। परिचय पत्रलाई तीन प्रकारमा विभाजन गरिएको छ। हरेक परिचय पत्रको रंग बेग्लाबेग्लै रहेको छ।

 अति गरिब परिचयपत्रको रंग रातो, मध्यम गरिब परिचयपत्रको रंग पहेलो र सामान्य गरिब परिचयपत्रको रंग निलो रहेको छ। यस पालिकामा अति गरिबमा सूचीकृत परिवारको संख्या ६७, मध्यम गरिब परिवारमा सूचिकृत १ सय ६२ र सामान्य गरिब परिवारमा सूचीकृत १ सय ३६ जना रहेका छन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रकाशन गरेको गरिब परिवार सूचीकृत पुस्तिकाअनुसार जिल्लाको स्थानीय तहअनुसार सबैभन्दा बढी धनकुटा नगरपालिकामा ८ सय ७५ गरिब परिबार रहेका छन्।

जसमध्ये अति गरिब २ सय ४९, मध्यम गरिब ३ सय २३ र सामान्य गरिब ३ सय ३ घरधुरी रहेका छन्।

 त्यस्तै, पाख्रिवास नगरपालिकामा अति गरिब २ सय ५०, मध्यम गरिब २ सय ९१, सामान्य गरिब २ सय ५१ गरी ७ सय ९२ जना गरिब परिवारमा सूचीकृत रहेको पुस्तकमा उल्लेख छ। त्यस्तै, महालक्ष्मी नगरपालिकामा पनि १ सय ७ अति गरिब, २ सय ३४ मध्यम गरिब, २ सय ७ सामान्य गरिब गरी कुल ५ सय ४८, छथरजोरपाटी गाउँपालिकाको कुल २ सय ४५ मध्ये २६ अति गरिब, ९५ मध्यम गरिब र १ सय २४ सामान्य गरिबमा सूचीकृत छन्।

यता सहिदभूमि गाउँपालिकामा ६ सय २१ मध्ये २ सय १० अति गरिब, २ सय ५४ मध्यम गरिब र १ सय ५७ जना सामान्य गरिबमा, चौविसे गाउँपालिकामा ६६ अति गरिब, १ सय २५ मध्यम गरिब र ८६ सामान्य गरिबमा गरि २ सय ७७ घरधुरी रहेका छन्।

 साँगुरीगढी गाउँपालिकामा कुल ३ सय ६५ मध्ये अति गरिब ६७, मध्यम गरिब १ य ६२ र सामान्य गरिब १ सय ३६ छन्। परिचय पत्रको समयवधि ५ वर्षको रहेको छ। तर, परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने जानकारी छैन।

साँगुरीगढी गाउँपालिका-७ का सन्तमान राईले परिचय पत्र पाएपछि सरकारले सेवा सुविधा उपलब्ध गराउने अपेक्षा रहेको बताए।

उनले अहिलेसम्म यसको विषयमा केही जानकारी नभएको भन्दै पछि काम लाग्छ सुरक्षित राख्नुभन्दै दिएको जनाए। यस्तै सोही ठाउँकी अनिता राई गरिबी परिचयपत्र दिएसँगै यसको उपयोगिताको विषयमा जानकारी हुनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.