|

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत बैठकमा सहभागी रहेका छन्।

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेसहित प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पनि हुने ​नेताहरूले बताएका छन्।

प्रदेश १ मा आज नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भए पनि बागमती र गण्डकी प्रदेशमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्न दिएको समय सोमबार सकिँदै छ। बाँकी प्रदेशहरूमा पनि मुख्यमन्त्रीमा दावी पेश गर्ने समय नजिकिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.