|

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकबाट सरकारलाई विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनेछ। त्यसपछि ल्होत्से हलमै कांग्रेस संसदीय दलको बैठक बस्नेछ।

उक्त बैठकले विश्वासको मतबारे आधिकारिक निर्णय गर्ने उनले बताए। विश्वासको मत दिने–नदिनेबारे आजै सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। ​

कांग्रेसको आग्रहरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ। बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.