|

काठमाडौं :  जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकता वार्ता हुँदै छ। वार्ताको लागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेको छ।

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन्।

वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई सजिलो नभए पनि निकासको प्रयास गर्ने बताइएको छ। पछिल्लो समय वामपन्थी एकताका लागि भन्दै जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले एकताको लागि वार्ता गर्न कार्यदल बनाइसकेको छ।

प्रतिनिधिसभामा जसपाका १२, एकीकृत समाजवादीका १० र माओवादी केन्द्रका ३२ सांसद छन्।

 

               

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.