|

पाल्पा : पाल्पामा बसले ठक्कर दिँदा बिहीवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-१२ लुहुङकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८३६१ नम्बरको बसले दिउँसो साढे एक बजे उनलाई ठक्कर दिएको हो। बसबाट झरेर घरतिर जाने क्रममा सोही बसले पुतलीलाई ठक्कर दिएको थियो।

बसले ठक्कर दिएर घाइते भएकी उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाउँदा चिकित्सकले मृत घोषणा गरेका थापाले बताए।

चालक खिमबहादुर विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.