|

काठमाडौं : नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ। 

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको गएराति साढे ८ बजे निधन भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो।

उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन्। बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्। बलका पति, तीन छोरी र एउटा छोरा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.