|

काठमाडौँ : बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन्।

आइतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरसंवादमा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौती सामना गर्ने गरी काम गरिरहेको बताए।

उनले नेपालको निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको दाबी गरे। उनले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शिता राख्ने भएको जिकिर गरे।

उनले भने, ‘बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचना लुकाएका छैन। बुद्ध एयरले हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गराउँ। प्राविधिक विषयमा जानकारी नगराउँदा प्राधिकरणले उडान रोक्छ।’

उनले बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउन विमान मर्मत लगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको बताए। उनले नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको बताए।​

बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचना लुकाउने नगरेको बताए। उनले हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए। उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य फलदायी रहेको बताए।

उनले भने‚ ‘प्राधिकरण नभएको भए बुद्ध एयरले अहिलेको अवस्थामा हवाई क्षेत्रमा वृद्धि गर्नसक्ने थिएनौं। हवाई दुर्घटनाबाट धेरै कुरा सिकेकाले आगामी दिनमा आउने समस्या समाधान गर्दै लैजाने भनेर तयार थालेका छौं।’

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा पुराना विमान नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै आवाज उठेको छ। अन्तरसंवादमा जानकारहरूले विमान पुराना नहुने बताएका छन्।

उनीहरूले विमान मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन्। बुद्ध एयरले अन्तरसंवादमार्फत बुद्ध एयरले हवाई उडान सुरक्षित बनाउन विमान मर्मत  र पार्टपुर्जाका लागि अर्बौं लगानी गरेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.