|

काठमाडौं : चीनमा ८० प्रतिशत जनसंख्या कोभिड–१९ बाट संक्रमित भएको एक अधिकारीले बताएका छन्। 

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुख वु जुन्युले चिनियाँ पर्व लुनारको सन्दर्भमा जारी गरेको एक विज्ञप्तिमा देशको १ सय ४० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिस संक्रमित भइसकेको बताए। 

चिनियाँ अधिकारीहरुका अनुसार नयाँ वर्ष मनाउने तयारी भइरहँदा अघिल्लो हप्ता मात्रै १२ जार ६ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। जबकी ८ जनवरी देखि १२ जनवरीसम्म चीनमा कोरोनाबाट झण्डै ६० हजार मानिसको मृत्यु भएको केही सञ्चारमाध्यमले उल्लेख गरेका थिए। 

चीनले यसपटक तीन वर्षपछि लुनार पर्वका अवसरमा प्रतिबन्धहरु फुकुवा गरेको थियो। तीन वर्षपछि पारिवारिक मिलन गर्न लागेका कयौँ व्यक्ति कोरोना संक्रमित छन्। 

आगामी १५ दिनसम्म लुनारकै चहल पहल रहने भएकाले अझै संक्रमितको संख्या बढ्न सक्ने चिनियाँ अधिकारीको आंकलन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.