|

भारतको गुजरातमा सन् २००२ मा भएको दंगामा संलग्न भएको आरोप लागेका २२ जनाले सफाइ पाएका छन्। 

गुजरातको पञ्चमहल जिल्लाको एक अदालतले प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको बीबीसीले जनाएको छ। उनीहरुमाथि गुजरातको गोधरा काण्डपछिको साम्प्रदायिक दंगासँग सम्बन्धित मुद्दामा दुई बालबालिकासहित अल्पसंख्यक समुदायका १७ सदस्यको हत्या गरेको आरोप लागेको थियो। 

वकिल गोपालसिंह सोलंकीका अनुसार न्यायाधीश हर्ष त्रिवेदीको इजलासले सबै २२ अभियुक्तलाई सफाइ दिएको हो, जसमध्ये आठजनाको मुद्दाको सुनुवाइकै क्रममा मृत्यु भइसकेको छ। गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै सफाइ पाइसकेका छन्। दंगाको समयमा गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई सर्वोच्च अदालतले सफाइ दिएको थियो। 

सन् २००२ मा गोधरा काण्डपछि गुजरातका कयौ क्षेत्रमा साम्प्रदायिक हिंसा भड्केको थियो, जसमा एक हजारभन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.