|

काठमाडौं : अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन्।

आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्याण्डले सोमबार शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछिन्। भेट बालुवाटरमा ९:४० मा तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

त्यसलगत्तै उनले ११ बजे सिंहदरबार पुगी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गर्नेछिन्। यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। ​नुल्याण्डले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.