|

काठमाडौं : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मंगलबार हल्का वर्षाको सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाँकी स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.