|
फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयक तत्काल संसदमा पेश गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डले सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरूलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिएका हुन्। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ बुधबार उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे।

मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरूबीच छलफल गरिएको बताए।

उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई बिजनेश दिने सन्दर्भमा आ-आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईंहरूले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ। त्यसमा हामी सबै लागि राखेका छौं। आज पनि प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरूको बैठक बसेर सो विषयमा छलफल गरिएको छ। रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस् भन्नु भएको छ।’

मन्त्री किरातीले संसदलाई बिजनेशसमेत दिनुपर्ने भएकाले सबै मन्त्रालयले आ–आफ्नो मन्त्रालयमा थाँति रहेका विधेयकलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.