|

विराटनगर : नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी एक्स्पो आजबाट शुरु भएको छ। नेपाल उद्योग परिसंघ (सिएनआई) प्रदेश १ को आयोजनामा आजबाट शुरु भएको हो।

एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। माघ १९ देखि शुरु भएको एक्स्पो २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

एक्स्पोमा बृहत् रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका करिब ३ सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगीहरूलाई आफ्ना मागसहितको प्रतिनिधि लिएर काठमाडौँ आउन आग्रह गरेका छन्। उनले उद्योगी व्यवसायीका समस्या सरकारले कुरा गरेर मात्रै उद्योगीका चिउरा नभिज्ने बताउँदै भने, ‘तपाईंका मागहरूसहितको प्रतिनिधिमण्डल लिएर काठमाडौँ आउनुहोस्, तपाईंहरूलाई राखेर समाधान हुन सक्ने र हुन नसक्ने बताउनेछौँ।’ 

यस्तै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गरेको असहयोगका गुनासोका बीच पनि उद्योग वाणिज्य क्षेत्रलाई अघि बढाउन योगदान पुर्‍याएकोमा  बधाई साथै धन्यवाद समेत दिएका छन्।

आफ्ना उत्पादन प्रवर्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको र ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषि उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ।

त्यसरी स्टल राख्ने उद्यमीका लागि सम्बन्धित स्थानीय तहले एक्स्पो प्रवर्धनमा सहयोग गर्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.