|

बैतडी : बैतडीको मेलौली नगरपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरिएको मेलौली नगरपालिका खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले जानकारी दिए।

उद्घाटनमा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा विष्ट, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीलगायत उपस्थित थिए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी र एथ्लेटिक्सका खेलहरू खेलाइनेछन्। प्रतियोगितामा नगरपालिकाभित्रका १२ विद्यालय सहभागी छन्।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई २० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.