|

काठमाडौं : विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ। 

शनिबार बिहान सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले उम्मेदवारको टुंगो भने भोलि लाग्ने जानकारी दिए। 

‘संघीय संसदमा भएको विपक्षी दलका नेताहरूको बैठक सम्पन्न भएको हो। मूलतः भोलि राष्ट्रियसभाको निर्वाचनमा नोमिनेसनबारे कुराकानी भयो। उम्मेदवारीबारे के गर्ने छलफल भयो,’ उनले भने।  बैठकमा नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। 

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। ५८ सदस्य रहेको राष्ट्रियसभामा एमाले १५, माओवादी केन्द्रको १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १ र स्वतन्त्र एकबाट एकजना सांसद रहेका छन्।  त्यस्तै, राष्ट्रपतिबाट मनोनीत ३ सिट छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.