|

काठमाडौं : छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन्। कैलाली, झापा,  सुनसरी र मोरङका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३० ग्राम ५७ मिलिग्राम सहित टिकापुर नगरपालिका-८ बटमपुर बस्ने २५ वर्षीय आकाश चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले से.५ प २०८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित डोटी आदर्श गाउँपालिका-२ घर भएकी १९ वर्षीया आयुसा उपाध्याय समेत २ जनालाई सनिबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, गौरीगंज गाउँपालिका-१ भाङडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ५ ग्राम  र नगद २ हजार २ सय रुपैयाँ सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष ताजपुरिया समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरीले मे.३ प ६५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ शिवगंजबाट नियन्त्रित लागूऔषध ट्रमाडोल हाईड्रोक्लोराईड ४ सय क्याप्सुल, डाईजोपाम १९ पिस  र सिरिन्ज १ थान सहित उदयपुर बेलका नगरपालिका-५ बस्ने २८ वर्षीय मिलन राई समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।          

 मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल क्याप्सुल ९ हजार ६ सय पिस शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३९ एल १०८२ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको उक्त मोटरसाइकलमा बाँधेको बोरा खोली हेर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.