|
तस्वीर : रोयर्टस

टर्की र सिरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। 

दुवै देशमा चार हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ। टर्कीमा दुई हजार ९२१ जनाले ज्यान गुमाएका छन् भने १५ हजारभन्दा बढी घाइते भएका छन्। यस्तै सिरियामा एक हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन्।

टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो। टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन्। भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन्। घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्नेछ। अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएको छ।  

टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।  सिरियाको एलेप्पो, हामा, लाटाकिया र टार्टसमा बढी क्षति पुगेको छ। यो भूकम्प यस क्षेत्रमा १ सय वर्षयताकै ठूलो भएको बताइएको छ। भूकम्पपछि दर्जनौं परकम्प गएको टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.