|

अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि लडाकु जहाज प्रयोग गरेर खसालेको छ। केही दिनअघि मानवरहित चिनियाँ बेलुन खसालेको अमेरिकाले अलास्का राज्यको आकाशमा उडिरहेको अर्को वस्तु पनि खसालेको हो। 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ४० हजार फिट उचाइमा रहेको वस्तुलाई लडाकु विमानको प्रयोगबाट खसालिएको बताए। यो वस्तु के हो र कसरी त्यहाँ पुग्यो भन्नेबारे केही बताइएको छैन। 

केही दिनअघि अमेरिकाले चिनियाँ बेलुन खसालेपछि चीन र अमेरिकाबीच विवाद गहिरिएको छ। अमेरिकाले नखसालुन्जेल आफ्नो बेलुन नभएको दाबी गरेको चीनले पछि यो बेलुन मौसमसम्बन्धी जानकारीका लागि उडाइएको र भुलबस अमेरिकी एयर स्पेसमा पुगेको बताएको छ। 

तर अमेरिकी अधिकारीले उक्त बेलुनमा भेटिएका उपकरणहरु मौसमसम्बन्धी जानकारी राख्ने नभई जासुसी गर्ने प्रकृतिका रहेको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.