|

इलाम : बुढेसकालको प्रेम समेटिएको १० मिनेटको दृश्य हो, सुनाखरी। एक वृद्ध जोडीको कथा, जसका छोराछोरी विदेशमा बस्छन्। 

पहाडमा एक अर्कासँग निःस्वार्थ रूपमा साधारण जीवन बिताउँदै आएको जोडीको कथालाइ समेटेर आर्टमाण्डुले म्युजिकल फिल्म सुनाखरी तयार गरेको छ ।

हर्क साउदको शब्द रहेको म्युजिकल फिल्ममा उज्जवल सागर र विद्या तिवारीको स्वर छ। संगीत संयोजन रिकेश गुरुङ किजले गरेका छन्।  

इलामको सन्दकपुर गाउँपालिका–२ माईमझुवा गुफापोखरी क्षेत्रका खर्कहरुमा दृश्य छायांकन गरिएको छ । म्युजिकल फिल्ममा कुमारध्वज राई र कुशमाया राईको अभिनय छ। 

योगेश दाहालको छायांकन रहेको म्युजिकल फिल्मलाई नविन चौहानले कथा, पटकथा र निर्देशन गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.