|

काठमाडौं : नेपाली सेनाले २६०औं स्थापना दिवस मनाउँदै छ।  शनिबार शिवरात्रिको अवसरमा सेनाले  आफ्नो स्थापना दिवस मनाउन लागेको हो।

स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडौं आइसकेका छन्। पूर्व प्रमुखहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग काठमाडौं आएका हुन्। 

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो। त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ। उक्त कार्यक्रममा सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र महाशिवरात्रि तथा सेना दिवस २०७९ तथा  बलेखिएको व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएपश्चात् आर्मी चिन्ह र स्वस्तिक चिन्ह आकृति निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ गर्ने कार्यक्रम छ।

विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चासर तथा हवाई सुरक्षासम्बन्धी विभिन्न, हातरहतियार, भेहिकल तथा उपकरणहरूको प्रदर्शन, मार्च पाष्ट, विशेष फौज बाहिनीबाट फ्रि–फल जम्पलगायत विभिन्न संस्कृति झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गर्ने कार्यक्रम छ। भोलिको कार्यक्रममा ५५५ वटा मादलहरूबाट प्रस्तुति दिने कार्यक्रमसमेत रहेको छ। 

नेपाली सेनाको स्थापना र काम

नेपालको एकीकरणभन्दा अगाडि बाइसे र चौबीसे राज्यहरू थिए। ती राज्यहरूमा राजाहरूले आफ्नो अनुकूल सुरक्षा व्यवस्था थियो। तर, पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरू भएसँगै नेपाली सेनाको इतिहास आरम्भ हुन्छ।

शाहले एकीकरण अभियान अगाडि आफ्ना फौजहरूलाई सैनिक तालिम दिने गर्थे। वि.सं १८०१ म नुवाकोट राज्यमाथि जिजय हासिल गरेसँगै उनले पाँच कम्पनी खडा र सात सय नाल बुन्दुक जम्मा गरे। दक्षिण तर्फबाट ब्रिटिसको निरन्तर आक्रमण र उत्तरतर्फ तिब्बतको दबदबा बढिरहेको थियो।  उक्त पाँच कम्पनीको संगठन शुरूवात नै नेपाली सेनाको इतिहासका रूपमा लिने गरिन्छ। 

बाह्य शक्तिको हमला भएपछि टुक्रे राज्यलाई एक बनाउने निष्कर्ष स्वरूप तत्कालिन राजा पृथ्वीनारायण शाहले श्रीनाथ कम्पनी, श्री कालीबक्स कम्पनी, श्री बर्दबाणी कम्पनी, श्री सबुज कम्पनी र श्री गोरख कम्पनी गरी पाँचवटा गण स्थापना गरेका थिए।

एकीकरण सफलापूर्वक सम्पन्न गरेको सेनाले तत्कालिन समयमा भारतमा ब्रिटिस र उत्तरतर्फ चीनको तिब्बती फौजविरूद्ध लड्यो।  वर्तमान वि.सं १८१९ साल देखि सेनाको सांगठनिक स्वरूपको सुरूवात भएको हो।

एकीकरण र वैदेशिक आक्रमणको प्रतिकार गर्दै देशको स्वाभिमान राख्दै आन्तरिक शान्ती सुव्यवस्था कायम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्दै आइरहेको छ। 
१० वर्षे जनयुद्धपछि २०६३ मंसिर ५ गते देशमा युद्धविराम घोषणा भयो।

त्यसयता नेपाली सेना विकास निर्माण, विपद् व्यवस्थापन लगायतका कार्यमासमेत प्रत्यक्ष रूपमा जोडिएको छ। यस्तै, खेलकुद क्षेत्रको विकासमा पनि सेनाको महत्वपूर्ण योगदान रहेको छ। सेनाले हिमाल सफाई अभियान पनि चलाइरहेको छ। यस्तै सेनाले विपद् व्यवस्थापन, महामारी, आगलागी नियन्त्रण, स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।

सैनिक प्रवक्ता भण्डारीले पछिल्लो समय आफूहरू विकास निर्माणमा प्रत्यक्ष रूपमा जोडिएको बताए। सेनाले विकट जिल्लाहरूमा सडक सञ्जाल पुर्‍याउने लगायतका काम सहजतापूर्वक सम्पन्न गर्दै आइरहेको बताए।

सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेश द्रूतमार्ग २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। सरकारले २०७४ वैशाख २१ गते फास्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। उक्त सडक खण्डको भौतिक प्रगति २२ प्रतिशत रहेको सेनाले जनाएको छ। 

यस्तै, बेनीघाट –आरूघाट – लार्केभन्ज्याङ सडक आयोजना, उत्तर दक्षिण कोशी सडक खाँदबारी किमांथाका सडक र दार्चुला –टिंकर सडक निर्माण गरिरहेको छ।

‘सेनाले संवैधानिक सीमा भित्र रहेर विभिन्न जिम्मेवारीहरू सम्हालिरहेको छ। प्रकृति संरक्षण, हिमाल सफाइ अभियान, निकुञ्भित्र हुने चोरी निकासी विकास निर्माणलगायतका कामहरू निर्वाह गर्दै आइरहेको छ,’ प्रवक्ता भण्डारीले भने। 

 शान्ति मिसनमा

नेपाली सेना सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति सहायता अभियानमा सहभागी हुँदै आइरहेको छ।

पहिलोपटक लेबनानमा पाँच सैन्य पर्यवेक्षक लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षक समूह को मामूली तैनाथीबाट सेनाको संयुक्त राष्ट्र शान्ति सहायता अभियानसँगको लामो सहकार्य सुरू भएको थियो। सेनाले सैन्य दल, सैन्य पर्यवेक्षक र कर्मचारी अधिकारीहरू पनि तैनाथ गरेको छ।

सेनाले इन्जिनियर, मेडिकल टोली र विशेष बलको टुकडीजस्ता विशिष्ट क्षमताको व्यवस्था गरेर पनि महत्वपूर्ण योगदान दिएको सेनाले जनाएको छ।

सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ। यसले यसका कर्मचारीहरूलाई ठूलो नोक्सान पुर्‍याएको छ, र आजसम्म, ७२ कर्मीहरूले विश्व शान्तिको परिवर्तनमा अन्तिम बलिदान दिएका छन् र अन्य ६६ अपाङ्गता भएका छन्।

संयुक्त राष्ट्रसंघमा हालसम्म ६ हजार ५९ जना सैनिकहरू शान्ति मिसनमा रहेको सेनाले जनाएको छ। सेनाले विश्वभर १३ मिसनहरूमा तैनाथ गरेको छ। सेना योगदान गर्ने देशको रूपमा नेपाल विश्वमा दोस्रो स्थानमा छ। राष्ट्रसंघले अनुरोध गरेमा नेपालले १० हजारसम्म शान्ति सैनिक उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

हाल नेपाली सेना यमन कङ्गो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबिया लगायत ४३ मुलुकमा शान्ति सेनाका रूपमा परिचालित छ। शान्ति स्थापनाका लागि विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा ६८ सैनिकको वीरगति पाइसकेका छन् भने ६६ सैनिक घाइते छन्।

नेपाली सेना र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली र अन्य मुलुकका सेनाका लागिसमेत अहिले नेपाली सेनाको संगठन, पेशागत क्षमता र दक्षता पाठशाला बन्दै गएको छ। विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.